२०८२ जेठ २५ शनिवार

राशिफल

रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै, लामिछाने दलको नेता बन्दै

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो ।जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने अजेन्डा रहेको बुझिएको छ । यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसाला पछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत्त पदमुक्त भएका थिए ।

लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः बिजयी भएर आए पछि उनले शनिवार नै राजिनामा दिएका छन । उक्त रिक्त पदमा आज लामिछाने पुन चयन हुने बुझिएको छ ।