२०८२ जेठ २४ शुक्रबार

राशिफल

लामिछानेलाई सर्वसम्मत नेता चयन गर्न संसदीय दललाई केन्द्रीय निर्देशन

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई उक्त निर्देशन दिएको प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । सदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएपछि उक्त पदमा लामिछानेलाई चयन गर्नुपर्ने निर्णय केन्द्रीय समितिले गरेको हो ।

निर्विरोध रूपमा अथवा सर्वसम्मत रूपमा रवि लामिछानेलाई नै संसदीय दलको रूपमा चयन गर्नका लागि केन्द्रीय समितिले विधानबमोजिम संसदीय दललाई निर्देशन दिएको ढकालले बताउनुभयो । रास्वपा संसदीय दलको बैठक आज ३ बजेको बोलाइएको छ ।