२०८२ असार १२ बिहीबार

राशिफल

सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय गर्ने

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ आफ्नो धारणा राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने बताएका एक नेताले बताए । तर पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने उनीहरुको जोड थियो ।