काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
आज काठमाडौंमा एकीकृत टे«ड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको भन्दै जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । उहाले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकार प्रति औंलो ठडिने धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले ठूला दलहरु सतर्क बन्नुपर्ने र कमीकमजोरीहरु खोजनुपर्ने जिकिर गर्नुभयो ।
तपाइँको प्रतिक्रीया