२०८२ जेठ २५ शनिवार

राशिफल

देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  :  देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ६४ जना संक्रमणमुक्त भएका छन् भने हाल २ सय ८३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।