काठमाण्डौ : सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो ।
दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।
जैसवारका अनुसार भासिएको भागमा माटोले पुरेर र पर्खाल लगाएर एकतर्फी सडक खुलाइएको हो । साँघुरो ठाउँका कारण सडक मर्मतमा ढिलाइ भएको थियोे । सेना र सडक विभागका कर्मचारीलगायतको टोली सडक खुलाउन खटिएका छन् ।
तपाइँको प्रतिक्रीया