२०८२ जेठ २५ शनिवार

राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन

काठमाडौं, बैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ।

घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।

वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए। उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।