२०८२ जेठ २६ आइतबार

राशिफल

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारको तेस्रो दिन पनि प्रदर्शन

काठमाडौं :  प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।

मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।