२०८२ जेठ २२ बुधबार

राशिफल

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डौ :  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज दिउँसो ३ बजे खेल्नेछन् । रंगशालामै आज हुने दोस्रो खेलमा बेलुका ६ बजे त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।