२०८२ जेठ २४ शुक्रबार

राशिफल

कोरोना संक्रमित थप १ जनाको मृत्यु, ४१ जनामा संक्रमण पुष्टि

काठमाडौं  : पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । १ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।