२०८२ जेठ २६ आइतबार

राशिफल

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदै

काठमाण्डौ  :  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । आज दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी दिउँसो ३ बजे खेल्नेछन् । रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे खेल हुनेछ ।