काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौ राष्ट्रिय सम्मेलन उद्घाटन गaर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेरावन्दी र दवावको सामना गर्ने बताउनुभएको हो ।
उहाले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफु कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरु र भूटानी शरणार्थीहरुका रुपमा नेपालीहरुलाई बेच्नेले नै आफु र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गर्नुभयो । उहाले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चूनौति निकै ठूलो रहेको धारणा राख्नुभयो ।
लामो समय देखिएको गलत कार्यशैलि र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उहाले बताउनुभयो । प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धी र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरुको अधिकारसंग जोडिएको बिषय भएकाले समय तोकेर नै केहि समयभित्रै समधान गर्ने प्रयास गर्ने पनि बताउनुभयो ।
तपाइँको प्रतिक्रीया