काठमाडौं : नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशंका गर्दै सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभएको हो । नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्याउने बताउनुभयो ।
उहाले उक्त प्रकरणको अनुसन्धान प्रक्रियामा सिमित मान्छेहरुलाई कारबाही गरेको देखाएर कतै अरुलाई उम्काउन त खोजिएको भन्दै प्रश्न गर्नुभयो । तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पूरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढंगले संसद्बाट कानून पारित गर्न खोजेको पनि आरोप लगाउनुभयो ।
त्यस्तै जसपाका नेता राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघात भएको बताउनुभयो ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सुशासनको पक्षमा काम गर्ने ऐतिहासिक अवसर भएको भन्दै उहाले यसर्लाइ निष्कर्षमा पुराउनुपर्ने जिकिर गर्नुभयो ।
तपाइँको प्रतिक्रीया