काठमाडौं : रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटना भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । घाइते अन्यको अवस्था भने सामान्य रहेको छ ।
प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा २ ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द्र पुरुष ढकालका अनुसार बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको बताएको प्रहरी जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रीया