२०८२ असार १ आइतबार

राशिफल

नक्कली शरणार्थी प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन  प्रधानमन्त्रीलाई लिङ्देनको सुझाव

काठमाडौं :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानविनलाई निष्कर्षमा नै पुराउने गरि अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

आइतबार पार्टी निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनलेको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानविनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानविन गर्न नहुने उहाले बताउनुभयो । उहाले नक्कली शरणार्थी प्रकरणको छानविनमा कुनै राजनीतिक स्वार्थ नभए यस बिषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पार्नुभयो । लिङ्देन अव वाइडबडी, एनसेल र ललिता निवासको फाइल पनि खोल्न सुझाव दिनुभयो । त्यस्तै उहाले क्यान्टोनमेन्ट घोटाला काण्डको फाइल खोलेर आफु चोखो छु भनेर देखाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । उहाले यदि भ्रष्टचारको डंगुरमा बसेर शुद्धताको मन्त्र मात्रै उच्चारण गर्न खोजेको हो भने लामो समय नपत्याउने बताउनुभयो । देशको अवस्था असमान्य अवस्थातर्फ गइरहदा पनि देशका नेता सत्ता केन्द्रीत राजनीतिमा व्यस्त भइरहेको उहाले बताउनुभयो ।

त्यस्तै लिङ्देनले मुलुकको नेतृत्व गर्न सक्ने बिकल्पको रुपमा राप्रपालाई स्थापीत गर्नुपर्ने भन्दै यसका लागि संगठन र संघर्षलाई संगसंगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।