२०८२ जेठ २५ शनिवार

राशिफल

आजदेखि अव्यवस्थित तारको व्यवस्थापन गर्दै काठमाण्डौ महानगर

काठमाण्डौ :  काठमाण्डौ महानगरपालिकाले काठमाण्डौका अव्यवस्थित तारको व्यवस्थापनको काम सुरु गरेको छ । सोमवार आज बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो ।

महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्ड लिङ्क, बोर्ड लिङ्क लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ ।

महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको र यो अभियानलाई अव्यवस्थित तार नहटाएसम्म निरन्तरता दिइने बताउनुभयो ।

उहाँले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गर्नुभएका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताउनुभयो । उहाँले तार व्यवस्थापनको कार्य समन्वयमा नै सुरु भएको बताउनु भयो ।

काठमाण्डौ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच हिजो बसेको बैठकले आजदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।