काठमाडौं : परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा पोखराको बेगनास तालमा मृत फेला परेका छन् ।
मन्त्रालयका नासु उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
आज सोमवार बिहान साढे ८ बजे बेगनास तालको डुङ्गाघाटभन्दा चार सय मिटर तल पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक भण्डारी राहादानी विभागमा कार्यरत थिए ।
भण्डारीको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ । उनी आइतवार जहाजबाट पोखरा आएको खुलेको छ ।
तपाइँको प्रतिक्रीया