२०८२ जेठ २५ शनिवार

राशिफल

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

काठमाण्डौ  :  कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । साथै यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।