२०८२ जेठ २२ बुधबार

राशिफल

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै

काठमाडौं  :  जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।