२०८२ जेठ २७ सोमबार

राशिफल

खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं   :  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण आज बिहान चाबहिल मैजुबहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबूटीस्थित उनकै निवासबाट पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको छ ।

उनीहरुलाई सोधपुछ गरेपछि प्रहरी नियन्त्रणमै राख्ने वा घर पठाउने भन्नेबारे निर्णय लिने प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

पाण्डेले खाँणकै निर्देशनमा आफूले सबै काम गरेको बयान दिएको पनि प्रहरी स्रोतको भनाइ छ ।

विचौलियाहरुले खाँण पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको छ .