२०८२ जेठ १९ आइतबार

राशिफल

नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

काठमाडौं  : नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक चलिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफल भइरहेको छ ।