२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्दै

काठमाडौ :  नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबार पनि बस्दैछ। बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

यस्तै शुक्रबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै बस्ने भएको छ।

शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उहाले जानकारी दिनुभयो।

उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ। समूहगत छलफलका लागि आठ वटा समूह बनाइएको छ। समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निस्कर्षसहित सुझाव प्रस्तुत गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो।