२०८२ जेठ २२ बुधबार

राशिफल

माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लाग्यो

काठमाडौं  :  नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । उनी अघिल्लो सरकारका बेला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

साथै सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । यसअघि माओवादी केन्द्रको तर्फबाट शुशिला सिंखडा विनाविभागिय मन्त्री भइसकेका छन् ।