२०८२ जेठ २२ बुधबार

राशिफल

विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

काठमाडौं  : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् ।

विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै उनले सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले  विनापक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए ।

तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह गरे ।

२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दैै तत्कालीन जिल्ला विकास समिति पर्वतमा सभापति भए पनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर  आरोप लागेको उनले स्मरण गरे ।

पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गरे ।