२०८२ जेठ २३ बिहीबार

राशिफल

अमेरिकाले अवैध रूपमा लगेका ४० सम्पदा नेपाल फर्काउने

काठमाडौं : अमेरिकाले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा नेपालमा नै फर्काउने भएको छ।

वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले विभिन्न ४० वटा सम्पदा दूतावासलाई हस्तान्तरण गरेका हुन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई)बाट १९-२० औँ शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको नेपाली दूतावासले जनाएको छ ।