२०८२ जेठ २२ बुधबार

राशिफल

गुणस्तरहीन काम रोक्न माग गदै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा

काठमाडौं  :  मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन्।

उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

उनी शनिवार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । उनी हाइटेसन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ ।

अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।