२०८२ जेठ २२ बुधबार

राशिफल

एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैनः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताउनुभएको छ ।

शनिवार काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताउनु भयो। उहाँले भूटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताउनु भयो । उहाँले कुनै पनि पार्टी र पार्टीका शिर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताउनु भयो । उहाँले आफ्नो दलको लागि दोषीलाई बचाउने,छेक्ने ढाट्ने नगर्न आग्रह गर्नुभयो।