२०८२ जेठ २७ सोमबार

राशिफल

दैलेखमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते

काठमाडौं   :  दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।

राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी)किशोर लम्सालले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको छ