२०८२ जेठ २१ मङ्गलबार

राशिफल

राप्रपाको केन्द्रिय समिति बैठक सुरु

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय समिति बैठक सुरु भएको छ ।

सोमवारवाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजवाट छलफल सुरु भएको हो ।

‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सोमवार प्रस्तुत गरेका प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।