काठमाडौं सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरवारमा चलिरहेको छ ।
सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी रहेको हो ।
सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।
तपाइँको प्रतिक्रीया