२०८२ जेठ २२ बुधबार

राशिफल

आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैंः कांग्रेस प्रबक्ता

काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रिय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन् ।

सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् ।

मगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि जनाएका छन । ‘बालकृष्ण खाँणजी माथी पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।

सो बिषयलाई लिएर पार्टी भित्र कुनै बिबाद नभएको पनि उनको भनाई छ ।