२०८२ जेठ २२ बुधबार

राशिफल

शहिद स्मारक लिगमा आज तीन खेल हुदैँ

काठमाडौं  :  शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुदैँछन । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुदैँछ ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।