२०८२ जेठ २३ बिहीबार

राशिफल

प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणदेखि नागरिकतासम्मका प्रश्न

काठमाडौं : सांसदहरुले प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्दैछन् ।

आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा प्रश्न सोध लागेका हुन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्न बुधवारसम्म २० जना प्रतिनिधि सभाका सांसदले प्रश्नबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन् । तर प्रतिनिधि सभाको नियमावलीमा भएको व्यवस्था अनुसार आजको बैठकमा १५ जना सांसदले मात्रै प्रश्न सोध्न सक्नेछन् ।

प्रश्न गर्न चाहने सांसद्ले विषयवस्तुसहित ३ दिनअगाडि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने छ । १५ सांसदहरूले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचार,बेथिति आदि विषय प्रधानमन्त्रीलाई प्रश्न सोध्न लागेका हुन् ।

संसद् सचिवालयका अनुसार सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ३/३ जना सांसदले प्रश्न गर्न पाउनेछन् ।