२०८२ जेठ २५ शनिवार

राशिफल

भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाड्ने :  गृहमन्त्री श्रेष्ठ

काठमाडौँ  :  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् ।

भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ । बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे ।

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने प्रतिबद्धता जनाउँदै सोहीअनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाइरहेको बताए ।