२०८२ जेठ २२ बुधबार

राशिफल

माओवादी शिविरमा कुनै अनियमितता भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको प्रमाणित भए जेल जान तयार रहेको बताउनुएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टको कुरा राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको र कपोल्कल्पित भएको भन्दै यस बिषयमा छानविनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताउनुभएको हो । उहाले पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने कुरा आरोप मात्रै भएको जिकिर गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार रहेको बताउनुभयो । उहाले नक्कली भुटानी शरणार्थी प्रकरणका कुनै पनि दोषीलाई उम्कन नदिने स्पष्ट पार्नुभयो ।

घटनामा सरकारले कुनै आग्रह र पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ छानबिन हुने भन्दै उहाले छानबिनबाट अन्तिम निष्कर्ष निकाली अपराधीलाई कानुनको दायरामा ल्याउन जोड गरेको धारणा राख्नुभयो । शरणार्थी प्रकरणमा नपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप नभएको उहाले बताउनुभयो ।

त्यस्तै सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफु तयार रहेको बताउनुभयो । उहाले टिकापुर घटना राजनीतिक घटना नै भएको भन्दै रेशम चौधरीलाई न्याय दिनका लागि सरकार अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयबाट अघि बढाउने भन्ने बिषयमा छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका चुनौतीहरुलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक तथा क्षेत्रगत नीति तथा कार्यक्रमहरूमा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम सरकार प्रयत्नशील रहेको बताउनुभयो ।