काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन्। संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताएका छन्।
राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रको लय समातेको उनले बताएका हुन्। उनले भ्रष्टाचार नियन्त्रणमा नागरिक र सरकार एकै ठाउँमा उभिएको बताउँदै सुशासनमा सरकारले उल्लेख्य सुधार गरेका हुन्।
उनले कर्णालीको मानव विकास सूचकांकको सुधार गर्न सरकारको नीति कार्यक्रम केन्द्रित रहेको बताए। उनले राजश्वको दायरा बढाउने, न्यून विजकीकरण, राजश्व चुहावट रोकिने राष्ट्रपति पौडेलले बताए।
फजुल खर्च कटौतीमा सरकारको ध्यान गइरहेको पनि बताए। सार्वजनिक खरिद् कानुनमा समसामयिक सुधार गर्ने र पारदर्शी बनाउने पनि सरकारको लक्ष्य रहेको बताए।
तपाइँको प्रतिक्रीया