काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरु भ्रष्टिकरणमा फसिसकेको आरोप लगाउनुभएको छ ।
शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले आफुलाई कम्युनिष्ट भन्ने एमाले माओवादीमा राज्यसंयन्त्र कव्जा गर्ने र पुरै भ्रष्टिकरण भएर जाने देखिएको आरोप लगाउनुभएको हो । त्यस्तै उहाले कांग्रेस पुरानो बिचार लिएर दिशाहिन भएर बसेको र विविधथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर गर्नुभयो ।
भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनुपर्ने पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । अहिले आएका नयाँ भन्ने पार्टीहरुलाई भने अहिले नै खराव भन्न नमिल्ने भएपनि उनिहरुमा कुनै बिचार र योजना तथा नीति नै नरहेको उहाले टिप्पणी गर्नुभयो । उहाले एउटै चिन्हबाट चूनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भएपनि माओवादीसंग कुनै एकता नभएको बताउनुभयो ।
अध्यक्ष भट्टराईले ज्येष्ठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समिक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रीया