२०८२ जेठ २७ सोमबार

राशिफल

सुख्खा पहिरो जादा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं :  नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो साढे २ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।