२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्‍मतिबाट निर्वाचित

काठमाडौं  :  जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्‍मतिबाट निर्वाचित हुनुभएको छ ।

सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख शोकीय सचिव महेश चौरसियाले बताउनुभयो ।

यसअघि जसपाको संसदीय दलको नेतामा उपराष्ट्रपति रामसहायप्रसाद यादव हुनुहुन्थियो । उहा उपराष्ट्रपतिमा बनेपछि संसदीय दलको नेता को हुने भन्‍नेमा आन्तरिक रुपमा छलफल भइरहेको थियो ।

गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्‍यको उप निर्वाचन यादव बारा-२ बाट सांसद जित्नुभएको थियो ।