२०८२ जेठ २२ बुधबार

राशिफल

लुम्बिनीका नव नियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं  :  लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले सोमबार ९आज० पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्तालाई सोमबार नै मन्त्रीमा नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । स्वास्थ्य मन्त्रीमा खनाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल र सामाजिक विकासमन्त्रीमा गुप्ताले सपथ लिएका हुन् ।

कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जनता समाजवादीका भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।तीन जना मन्त्री थपिएसँगै लुम्बिनीमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ ।