काठमाडौँ : मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ ।
जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।
मधेस प्रदेशका मुख्य मन्त्री सरोज यादवसँग भएको छलफल अनुसार काँग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको सभापति यादवले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया