२०८२ जेठ २५ शनिवार

राशिफल

मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं  :  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्वीर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलव्धीहरुमाथि बिभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने बताउनुभएको हो ।

उहाले गणतन्त्रमा देखिएको समस्याहरु समाधान हुदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको बिकल्प पश्चगमन हुन नसक्ने जिकिर गर्नुभयो ।

मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहदा २००७ साल यता भएका त्याग, बलिदान र आन्दोलन लगाएतका संघर्षलाई भुल्न नहुने धारणा राख्नुभयो ।