२०८२ जेठ २२ बुधबार

राशिफल

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

काठमाडौं :  रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ ।

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको हो ।

सरकारले पूर्व सांसद रमेत रहेका रेशम बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएपछि बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुग्नुभएको हो ।

सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ ।