२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदै

काठमाण्डौ  :  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।

दिउँसो २ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले खेल्नेछन् । जावलाखेल ३४ अंकसहित तेस्रो र एपीएफ २६ अंकसहित आठौँ स्थानमा छ ।

यस्तै, ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले खेल्दैछन् । मछिन्द्र ३५ अंकसहित दोस्रो र आर्मी २९ अंकसहित चौथो स्थानमा छ ।

आजै बेलुका ६ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबसँग खेल्नेछ ।