२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रचण्डको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले दियो जानकारी

काठमाण्डौ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री प्रचण्डले यही जेठको १७ गतेदेखि २० गतेससम्म भ्रमण गर्ने तय भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका द्विपक्षीय विविध विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति र अन्य विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।