काठमाडौं : संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको ज्यान गएको छ ।
जिल्लाको मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर ज्यान गएको मकालु गाउँपालिकाले जनाएको हो ।
मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए । विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको बताइएको छ ।
तपाइँको प्रतिक्रीया