२०८२ जेठ २० सोमबार

राशिफल

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न सकेन :रवि लामिछाने

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरु भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताउनुभएको हो । उहाले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफुहरुले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राख्नुभयो ।

प्रहरीले वयान लिन सम्म डराएका व्यक्तिहरुमाथि अव संसदीय समितिले प्रश्न गर्ने उहाको भनाइ छ । उहाले नेपाली जनताले आफुहरुलाई नाच्न गाउन नभई भ्रष्टहरुलाई समात्न संसदमा पठाएको उल्लेख गर्नुभयो । कुनै पनि भ्रष्टहरुको बिषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दावी गर्नुभयो ।

उहाले भ्रष्टाचारको जरो नओखलेसम्म बिश्राम नलिने स्पष्ट पार्नुभयो ।