२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबको बरावरी

काठमाडौं  : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् ।

शनिबार ललितपुरस्थीत च्यासल मैदानमा आर्मी र मछिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।

बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको २३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा आवास लामिछाने गोल गर्दै एपीएफलाई २–० को जित दिलाए ।

जितसंगै एपीएफले २२ खेलमा २९ अंक जोडेको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडको छ ।