२०८२ जेठ २५ शनिवार

राशिफल

सुनको भाउ सामान्य घट्यो

काठमाण्डौ  :  सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।