काठमाडौं : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
आइतबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २–१ ले विजयी भयो । जितसंगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । मनाङको जितमा चेतन कुमार थारुले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । थ्री स्टारको २२ खेलमा २६ अंक रहेको छ ।
तपाइँको प्रतिक्रीया